दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

रासस
336 पाठक संख्या

रसुवा । दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५०० नाघेको छ ।

विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे,घट्टेखोला,रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् ।

रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७० सवारीसाधनको भन्सार जाँचपास भइसकेको छ । काठमाडौँतर्फ प्रस्थान गरिसकेको छ ।

चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता,चप्पल,तयारी कपडा,रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ ।

Leave a review

This will close in 0 seconds