विद्युत प्रधिकरण सिमरा शाखामा महसुलमा छुट होईन लुट रहेको ग्राहकको आरोप

साझेदारी दैनिक
साझेदारी दैनिक 687 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

देव प्रसाद घिमिरे/

नेपाल विद्युत प्राधिकरण सिमरा वितरण शाखले सम्पुर्ण ग्राहकको विद्युत महशुलमा ५ प्रतिशत देखि २५ प्रतिशत सम्म हर्जाना काट्ने गरेको सेवाग्रहीले गुनासो गरेका छन ।

लकडाउन अवधी भरमा घरायसी प्रयोजनको लागि प्रयोग भएको विद्युत मिटरको महशुलमा २५ प्रतिशत छुट दिने भनी सरकारले बैशाखको पहिलो साता घोषणा गरेको थियो ।

विद्युत प्राधिकरण केन्द्रिय कार्यालय र उर्जा मन्त्रालयले सबै प्राधिकरणका शाखाहरुलाई पत्रचार गरेपनि बाराको सिमरा शाखाले भने छुट दिने त के लकडाउन अवधी भरको विद्युत महशुलमा उल्टै हर्जना काटेर बिलिङ गर्ने गरेको ग्राहकहरुको गुनासो रहेका छन ।

कोरोना भाइरसका कारण सरकारले गत चैत्र ११ गतेदेखि श्रावण ७ गतेसंम्म देशैभरी लकडाउन गर्यो । त्यस लगत्तै जारी गरिएको निषेधाज्ञा हाल केही खुकुलो भएपनि पुर्णरुपमा अन्त्य भने गरिएको छैन।

विद्युत प्राधिकारण सिमरा जीतपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर १५ का ग्राहक सुदर्शनराज पाण्डेले आफुले असाढ र श्रावण महिनाको विद्युत महशुलमा १० देखि १५ प्रतिशत हर्जना तिर्नु परेको गुनासो गरेका छन । त्यसैगरी सोही वडाका अर्का ग्राहक बसन्ता शर्माले तिरेको महशुलमा चैत्रमा २५ प्रतिशत, जेष्ठमा १५ प्रतिशत र अषाढमा ५ प्रतिशत थप हर्जाना तिर्नुपरेको साझेदारिलाई गुनासो गरिन । उनले प्राधिकरणले महसुलमा लुटिरहेको आरोप समेत लगाइन ।

प्राधिकरण सिमरा शाखाका कुनैपनि कर्मचारी हालसंम्म त्यस क्षेत्रमा मिटर रिडिङ गर्न गएका छैनन । ग्राहकहरुका अनुसार आफ्नो मिटरमा भएको अंकको नम्बर सहित सिमारा शाखामा भाद्र २५ गते महसुल बुझाउन जादा छुट दिने भनिए पनि उल्टो जरिवानामा परेको अर्का ग्राहक वीरबहादुरले सझेदारीलाई बताएका छन ।

यसबिषयमा विद्युत प्राधिकरण सिमरा शाखाका प्राधिकरण प्रमुख रोहणि पौडेलसंग प्रत्येक्ष उनको कार्यकक्षमै भेटी प्रतिक्रिया लिदा छुद्र बोलिमा सबै कुरा पत्रकारलाइ जवाफ दिनु नपर्ने बताएका छन ।

उता प्रधिकरणका केन्द्रिय कार्यकारी निर्देशक कुलमान घिसिङसंग सम्पर्क गरि बुझ्दा उनले भने“ महसुलमा छुट दिने निर्णय सहि हो र सो बिषयमा सबै शाखालाई पत्रचार समेत भै सकेको बताएका छन ।

समाचार शेयर गर्नुहोस
Leave a review