एक करोड मूल्य बराबरको जग्गा मो. शेराजद्वारा दान

साझेदारी दैनिक
522 पाठक संख्या

रौतहट :करणकुमार मिश्र/ स्वास्थ्य चौकी निर्माणका लागि रौतहटको सन्तपुर दोस्तियामा एक करोड मूल्य बराबरको चार कट्ठा जग्गा दान गरिएको छ।

फतुवा बिजयपुर नगरपालिका –५ सन्तपुर दोस्तिया निवासी एवं प्रदेश साँसद प्रत्यासी समाजसेवी मो. शेराजले स्थानीय स्वास्थ्य चौकीर बर्थिङ्ग सेन्टर भवनका लागि आफ्नो चार कठ्ठा जग्गा यसरी दान गरेका हुन्।

साबिक गा.बि.स सन्तपुर दो. वडा नं.–७ किता नं.–१३५९ क्षेत्रफल ४ कट्ठा दान गरेको जग्गामा नगरपालिकाको सहयोगमा स्वास्थ्य चौकी र बर्थिङ्ग सेन्टर बन्ने छ।

यस्तै सो जग्गामा स्वास्थ्यकर्मीको लागि आवश्यक आवास भवन निर्माण समेत हुने जग्गा दाता मो. शेराजका धर्मपत्नी एवं फतुवा विजयपुरकी (कार्यवाहक) नगर प्रमुख अम्बेया खातुनले बताइन्।

आफ्नो गाउँ र वरिपरिको बासिन्दाले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले जग्गादान गरेको जग्गादाता मो.शेराजले बताए ।

मानव सेवाका लागी आफ्नो जग्गा दान गर्न पाउदा गौरव महसुस भएको उनले बताए। सुबिधा सम्पन्न स्वास्थ्य चौकी निर्माण भएपछि हजारौँ जनता लाभान्वित हुने स्थानीय सुबोध यादवले विश्वास व्यक्त गरे ।

स्वास्थ्य संस्थालाई प्राप्त भएको जग्गामा चाडै बथिङ्ग सेन्टर (प्रसुतीगृह) सहितको स्वास्थ्यकेन्द्र निर्माण प्रक्रिया अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत भरत यादवले जानकारी दिए।

Leave a review