रञ्जन यादब /
बारामा सवारी दुर्घटनामा परी सोमवार दुई जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया निजगढ सडक खण्डमा पर्ने पिलुवाको बङ्गरीपुलमा कार र ट्रकले मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएका हो ।
दुर्घटनामा परि मृत्यु हुँनेमा बाराको निजगढ नगरपालिका वडा नं.१० लाल निवासी ३४ वर्षिय डम्बर लामाको घट्ना स्थलमा मै र गम्भिर घाईते भएका सोही स्थानका ४० वर्षिय रामबहादुर मुक्तानको उपचारका लागि जिल्ला अस्पताल कलैयामा लैजाने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।
निजगढबाट पथलैयातर्फ जाँदै गरेको बा. ५२. प. ३९९० नम्बरको मोटरसाईकलाई सोहि दिशाबाट आउँदै गरेको नम्बर नखुलेको कारले पछाडिबाट ठक्कर दिएको थियो । विपरित दिशाबाट आउँदै गरेको ना.४.ख.६१६५ नम्बरको ट्रकको ठक्करबाट लामाको घटना स्थल मैं र सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण पिलुवाको एम्बुलेन्स अस्पताल लैजाने क्रममा मोक्तानको बाटोमै मृत्यु भएको ईप्रका सिमराका प्रहरी नायब उपरिक्षक श्रेष्ठले बताए ।
ठक्कर दिने कार र ट्रक चालक सहित ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेका छन् । दुर्घटना बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक श्रेष्ठले जानकारी दिएका छन ।