कलैया । बाराको कलैया उपमहानगरपालिका–१४ स्थित ट्री हाउस कटेज र एक भट्टीमा आज जिल्ला प्रहरी कार्यालय बाराले छापामारी गरेको छ ।
विशेष सूचनाका आधारमा अवैध यौन व्यवसाय सञ्चालन भइरहेको आशंकामा गरिएको छापामारीमा ट्री हाउस कटेजबाट दुई महिला र दुई पुरुष तथा सोही क्षेत्रमा सञ्चालित एउटा भट्टी पसलबाट एक महिला नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनामाथि प्रचलित कानुन अनुसार आवश्यक कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन् ।


