बौद्धिक अपाङ्गता बिद्यार्थीहरुलाई ट्राफिक सचेतना

रञ्जन यादव
रञ्जन यादव 84 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

दुर्घटना न्युनिकरण गर्नको लागि सुन्न र बोल्न नसक्ने बहिरा र बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाई बाराको सिमरामा सचेतना कक्षा संचालन गरिएको छ ।

नेपाल अपाङ्ग सेवा संघ बाराको सभाहलमा भएको कार्यक्रममा ट्राफिक नियम सम्बन्धिस सचेतना तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि कक्षा प्रदान गरिएको जनाईएको छ ।

अस्थाई ट्राफिक प्रहरी कार्यालय सिमराका हवल्दार रामपृत चौधरीले बहिरा र बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धि ज्ञान प्रदान गर्नुभएको नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगा वाग्लेले जानकारी दिए ।

कार्यक्रमा शिक्षिका सुशिला गौतम दोभासेको काम गरेर सांकेतीक भाषमा बिद्यार्थीहरुलाई बुझाउँनुभएको थियो । कक्षामा ४० जना अपाङ्गता भएका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review