पर्सा,बाराका पशु हाट बजारबाट पशुहरुको क्रुर तरिकाले ढुवानी हुने गरेको छ ।
पशु कल्याणको लागि एनिमल नेपाल नामक संस्थाले बिहीबार वीरगञ्जमा पत्रकारसित गरेको अन्र्तक्रिया कार्यक्रममा यो भएको जनाएको हो । यहाँका पशु बजारबाट देशको राजधानी सहित अन्य स्थानमा पशुहरुको ढुवानी गर्दा क्रुर तरिकाले ढुवानी हुने गरेको सहभागीहरुले बताएका थिए ।
पर्साको परवानीपुरमा रहेको पशु बजार र बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित जीतपुर बजार तथा कलैयास्थित पशु बजार, बरियारपुरस्थित पशुबजारमा पशु किनबेच हुदा त्यसलाई ढुवानी गर्दा भेटिनरी पनि गर्ने गरिएको हचुवाको भरमा पशुहरुलाई काठमाडौंसम्म ढुवानी गर्ने गरिएको छ ।
सस्थाका पर्सा बारा फिल्ड सुपरभाईजर धर्मेन्द्र साहले कार्यक्रममा पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६ पशु ढुवानी मापदण्ड २०६४ अनुसार एउटा ट्रकमा बढी २० वटासम्म पशु ढुवानी गर्न सकिने भएपनि २४ वटा ठुलो पाडा पडीहरुलाई कोचेर ढुवानी गर्ने गरिएको बताए ।
बढीमा आठ घण्टा ढुवानी गरेपछि पशुलाई ओरालेर दाना पानी खुवानुपर्ने भएपनि ब्यापारी तथा ढुवानीकर्ताहरुले त्यस्तो नगर्ने गरेको साहले बताए ।
यसरी क्रुर तरिकाले यातना दिएर भई रहेको पशु ढुवानी रोक्नको लागि नेपाल प्रहरी,ट्राफिक प्रहरीसहित क्वारेन्टाईन कार्यालयहरुले पनि सहयोग गर्नुपर्ने उनले बताएका थिए ।अन्र्तक्रिया कार्यक्रममा पत्रकारहरुले पशु ढुवानी गर्दा हुने क्रुर तरिका रोक्न तथा स्वच्छ मासुको लागि एनिमल नेपाल नामक सँस्थाले गरेको पहलको बारेमा आफनो जिज्ञासा राखेका थिए ।
एनिमल नेपाल नामक सँस्था बिगत १५ बर्षदेखि नेपालमा पशु कल्याणको क्षेत्रमा काम गर्दै आएको छ ।संस्थाले पशु कल्याणका लागि सरकारले नै बनाएको ऐन कानुन कार्यान्वयनमा नरहेको भन्दै बिभिन्न सरोकारवाला निकायको ध्यानाकर्षण,स्थानीयहरुलाई जनचेतना लगायतका पनि कार्यक्रमहरु गर्दै आएको छ ।

