बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्कासहित पचीस जनाको भयो प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा

संदिप प्रसाद यादव
470 पाठक संख्या

कलैया । नेपाल सरकारको गृह मन्त्रालयले जनपद प्रहरी तर्फ २५ जनालाई बढुवाको सिफारिस गरेको छ।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्कालाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवाको सिफारिश गरेको हो।

समितिले मंगलबार गरेको सिफारिश अनुसार प्रहरी उपरीक्षकहरुलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरिएको हो।

रमेश थापा,अजय केसी,अनुपम समशेर जबराको बढुवा भएको हो। यस्तै बीरबहादुर बुढामगर,नवराज अधिकारी,कृष्णप्रसाद कोईराला, होबिन्द्र बोगटी,कृष्णप्रसाद पंगेनीको प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएको हो।

यसैगरी गोबिन्द अधिकारी,बिनोद सिलवाल,श्यामकुमार महतोको बढुवा भएको हो।

यस्तै बेद बिष्ट,शिवकुमार श्रेष्ठ,प्रकाश मल्ल,शान्तिराज कोईराला, जनार्दन जिसी,रन्जु सिंग्देलको सचिवालयले बढुवाको सिफारिश गरेको हो।

यस्तै सन्तोष खडका,सन्तोषकुमार भट्टराई,राजेन्द्रप्रसाद धमला,सन्तोषसिंह राठौरको प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएको हो।

यस्तै सञ्जयसिंह खडका,बिमलराज कँडेल,प्रभु प्रसाद ढकालको प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवाको सिफारिस गरिएको हो।

Leave a review

This will close in 0 seconds