पुर्वमन्त्री एवम् कांग्रेस सहमहामन्त्री चौधरीलाई मातृ शोक

साझेदारी दैनिक
साझेदारी दैनिक 143 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री उमाकान्त चौधरीको आमा मदेशिया थरुनीको ७७ वर्षको उमेरमा सोमवार विहान दुई बजे निधन भएको छ ।

बाराको कोल्हबी नगरापालिका वडा नम्बर ११ स्थित निवासमा मदेशिया थरुरीको निधन भएको हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएकी थिइन । निधनबाट नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराले एक अग्रज व्यक्तित्वलाई गुमाएको शोक वक्तव्यमा जारी गरिएको छ ।

निधनप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति, बारा गहिरो दुःख व्यक्त गरेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाको गरिएको छ । शोक परिवार जनप्रति आत्माको चिरशान्तिको कामना गर्दै नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवद्वारा जारी विज्ञप्तिमा व्यक्त गरिएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review