राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा अन्तरक्रिया

संदिप प्रसाद यादव
343 पाठक संख्या

कलैया : ‘भूकम्पले सिकाएको पाठ,बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा बुधबार कलैयामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा बाराको कलैयास्थित जिल्ला समन्वय समितिको सभा हलमा उत्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नम्बर १२ गणका प्रहरी उपरीक्षक एवम् निमित्त सुचना अधिकारी प्रकाश पौडेल र सि.डि.ई बागमती तथा लाल बकैया नदि नियन्त्रण कार्यालयका अखलाक महम्मद सिद्दिकीले पावर पोईन्टमार्फत भूकम्प सम्बन्धी विविध सचेतनामूलक जानकारी प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले तराई र मधेसमा भूकम्प आउदैन भन्ने सोच गलत रहेको बताएका छन् ।

वि.सं. १९९० साल माघ २ गते गएको महाभूकम्पले नाम नै ग्रेटर बिहार नेपाल भुकम्पले बिहारसम्म प्रभाव पारेको उनले प्रजिअ अधिकारीले बताए । जति बेला पनि भूकम्प जान्न सक्ने उहाको भनाई छ ।

गाउँपालिकाहरुले समेत भवन संहिता मापदण्ड बनाएको बताउदै मापदण्ड बिपरित भवन निर्माण भएको छ भने बैंकले ऋण पनि नदिने प्रजिअ अधिकारीको कथन छ ।

बारा जिल्ला बहुप्रकोपिय जोखिमबाट यो जिल्ला पीडित हुने अवस्था रहेको र २०७५ साल चैत १७ गते गएको टोर्नाडोमा ६० जनाको मृत्यु भएको प्रजिअ अधिकारीले कार्यक्रममा स्मरण गराए ।

टोर्नाडोले टिनको घर तथा इटा घर समेत हावाहुरीले लगेको बताए । त्यस्तो खालको टोर्नाडो नेपालमा पहिलो पल्ट पुष्टि गरेको उनले बताए ।

भवन संहिता मापदण्ड अनुसार भवन निर्माण गर्न प्रजिअ अधिकारीले सवैसंग आग्रह गरेका छन् । स्मृतिमा नेपालमा सरकारले २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेका दिनलाई भूकम्प सुरक्षा दिवस मनाउँदै जानकारी गराए ।

बाराका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी,कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह,खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख ई. किशोरी प्रसाद यादव,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्का,राजस्व अनुसन्धान कार्यालय बाराका प्रमुख हरि प्रसाद शर्मा,जिल्ला समन्वय समितिका कार्यालय प्रमुख आमोद चौधरी,डिभिजन वन कार्यालय बाराका वन अधिकृत हरि शंकर शाह,नेपाल आयल निगम लिमिटेडका सहायक प्रबन्धक दिनेश शर्मा,ज्वाला दल गण बाराका सेनानी चन्द्र बहादुर बोहरा,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृषि अधिकृत आर्या जोशी सहित विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

कलैया उपमहानगरपालिका स्टोर शाखाका प्रमुख नतोत्तम अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य ईलाका प्रशासन कार्यालय सिमराका तेजराज शर्माले राख्नु भएको थियोे ।

Leave a review

This will close in 0 seconds