मधेसमा बेथिति हटनेमा विश्वस्त छैन– मधेस प्रदेश सभा सदस्य रहबर अन्सारी

राम मण्डल
249 पाठक संख्या

मधेसमा बेथिति हटनेमा विश्वस्त नरहेको मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले बताएका छन् ।

नेकपा माओवादी केन्द्र प्रदेश साँसद उनले प्रदेश सभाको जनकपुरमा भएको बैठकमा बोल्दै आइतबार उनले यस्तो बताएका हुन् ।

मधेस प्रदेशमा धेरै बिचौलियाहरु रहेको उनले बताए । बजेट बनाउनु भन्दा अघि आफुले विद्यालयका अनुगमन गर्दा त्यहाँका प्रधानाध्यापकले नै खेलकुद तथा समाज कल्याण मन्त्रालयको सचिवालयबाट ६० र ४० को लागि फोन आएको बताएको उनले जनाए ।

त्यो अनुपात विकासको लागि नभई मन्त्रीको भागबण्डाको लागि आएको उनले बताए ।फोनमा खेल मैदान बनाउनु पर्ने भए ६०÷४० को अनुपात बनाउने कुरा आपूmले पाएको उनले बताए ।

खुल्ला मैदानको लागि ६० प्रतिशत र ४० भनेको भौतिक संरचना बुझेको भनेपनि ती प्रधानाध्यापकले चलाउने बजेट ६० प्रतिशत र मन्त्री जीको कमिशनको लागि ४० प्रतिशत भनिएको अन्सारीको दाबी थियो । मन्त्रालयको सचिवालयबाट यस्तो प्रकारको फोनहरु गईरहेको कुरा लाजमर्दो भएको उनले बताए ।

उनले यसमा मुख्यमन्त्रीको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए ।तत्कालिन अर्थमन्त्रीले बजेट ह्याक भएको बताएर ईतिहासकै गैर जिम्मेवारीपूर्ण कमजोर क्षमताहीन भाष्य बनाइएको बताए ।

मन्त्रीको कमजोरीका कारणले कर्मचारीले हेरफेर गरेको उनले बताए । विचौलियाले प्रदेश सकारको बजेट चोरी गरेको भनेर अर्थमन्त्री पन्छिएको बताए ।

कर्मचारीमाथि दोष थुपारेर अर्थमन्त्री पन्छिएकै कारणले अहिले त्यो आरोप मुख्यमन्त्रीमाथि आएको जिकिर उनको थियो ।

Leave a review

This will close in 0 seconds