तीन थान साल जातको काठ र साइकल बरामद

साझेदारी दैनिक
282 पाठक संख्या

कोल्हवी : कोल्हवी नगरपालिका–६ प्रसौनामा अवैध रूपमा काटेर साईकलमा ल्याईरहेको साल जातका गोलिया काठ ३ थान (करीब २० क्यूबिक फिट) र ३ थान साइकल बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल र कोल्हवी सबङिभिजन वन कार्यालयका कर्मचारीहरूले सहकार्यमा यो सफलता प्राप्त गरिएको कोल्हबी सब डिभिजन बन कार्यालयका अधिकृत कृष्ण पटेलले जानकारी दिए ।

बिशेष सूचनाको आधारमा गएको बन टोलीलाई देखेर काठ तस्करहरु काठ छाडेर फरार भएका थिए ।

अवैध काठ कटानी तथा ओसारपसारमा संलग्न व्यक्तिहरूको बिषयमा अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय बाराका बन अधिकृत राजीव कुमार झाले जानकारी दिए ।

बन संरक्षण तथा वन विनाश रोक्नको लागि गरिएको यो कार्य उदाहरणीय रहेको स्थानीयहरूले बताएका छन् ।

Leave a review