शैक्षिक सहिद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साले शनिबार वृक्षारोपण गरेको छ ।
उसले राष्ट्रिय धान दिवसको अवसरमा नेपाल प्रौढ संघ ( वृद्धाआश्रम ) वीरगन्ज –१६ नगवामा नेपाल प्रौढ संघको सहयोगमा वृक्षारोपण गरेको हो ।स्मृति प्रतिष्ठानका अध्यक्ष मुना खनालको अध्यक्षता एवं वीरगन्ज महानगर वडा १६ का वडाअध्यक्ष परशुराम चौरसियाको प्रमुख आतिथ्यमा सो वृक्षारोपण भएको हो ।
कार्यक्रममा नारायणी अस्पतालका पूर्व मेसु डा. वीरेन्द्र प्रधान,नेपाल प्रौढ संघका अध्यक्ष नन्दराउत अहिर,प्रतिष्ठानका वरिष्ठ सल्लाहकार समाजसेवी प्रकाश उपाध्याय,वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह,ईलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक दिपिन थापाको विशेष उपस्थिति थियो ।
यस्तै सो कार्यक्रममा रेल्वे स्कुलका प्रधान अध्यापक प्रभुप्रसाद रौनियार,बिकन स्कुलका प्रधान अध्यापक जयकुमार दनुवार,प्रकृति सेवा प्रतिष्ठान नेपालका सहसचिव अभिनास झा,समाजसेवीहरु बाबुनन्द चौरसिया,भगवान श्रेष्ठ,हुकुम सिंह राजपुत,हरिन्द्र यादवको विशेष सहभागिता रहेको थियो ।
यस्तै भगवती यूवा क्लबका अध्यक्ष संजय श्रेष्ठ,युनाइटेड नेपाल फाउन्डेसनका अध्यक्ष आकाश दास,प्रतिष्ठानका कोषाध्यक्ष बिनाखतिवडा आचार्य,सहसचिव पत्रकार अजित भुजेल,सदस्यहरु शान्ति माली, रिना विश्वकर्मा, पवन श्रेष्ठ ,नवराज भट्टराई,अभिलाष गुप्ता,संघका सचिव रितेश गुप्ताको विशेष उपसिथति रहेको हो । सो कार्यक्रममा सदस्यहरू गोबिन्द ताम्राकार,हेमन्त शाक्य,जानकी हाडा,जयराम पटेल,वरिष्ठ सल्लाहकार मनोज मिश्र लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चौरसियाले वातावरण जोगाउन वृक्षारोपण कार्यक्रम गरिएको जनाए । उनले यस्तोे जनहितको लागि अत्यन्तै आवश्यकताको कार्यमा आफू निकै खुशी लागेको जनाए । आयोजक प्रतिष्ठान परिवारलाइ धन्यवाद दिदै सबै मिलि रुख बिरुवा राप्नको लागि आग्रह गरे । उनले त्यस्को संरक्षणमा नै मानव सभ्यताको भलाई रहेको जनाए । आउने सन्ततिको लागि स्वच्छ वातावरण दिएर जान उनले आग्रह गरे ।
समाजको जेष्ठ नागरिकहरुको सेवा सहयोग गर्नु कर्तव्य भएको जनाउदै उनले पुर्व मुख्यमन्त्री लालबाबु राउतले ४० लाख यस प्रौढ संघ लाई प्रदान गरेको घोषणा गरेको जनाए । उनले वडासमितिबाट हुने सहयोगको लागि आफू जहिले पनि तैयार रहेको प्रतिबद्धता ब्यक्त गरे । सो अवसरमा बिशिष्ट अतिथि प्रधानले जेष्ठ नागरिकहरुको सेवा सम्मान सबैले गरुन् भनी नेपाल प्रौढ संघको स्थापना गरेको जनाए ।
वृद्धाआश्रम बनाउने जुन सपना उहाँले देख्नुभएको थियो, त्यो बिस्तारै साकार भएको देख्दा उहाँ जहाँ भए पनि निकै खुशी हुनुभएको र आफू पनि खुशिले भावुक बनेको उनले बताए । वृक्षारोपण जस्तो अत्यन्तै आवश्यक एवं महत्वपूर्ण कार्यक्रमको आयोजनाको लागि प्रतिष्ठान परिवारको साथै प्रौढ संघ परिवारलाइ उनले धन्यवाद व्यक्त गरे ।
सो अवसरमा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार उपाध्यायले विगतको समयमा प्रकृतिको दोहन,खेलवाडको नतिजा गत वर्ष देखि पानीको हाहाकारले प्रत्यक्ष रुपमा भोगि रहेको जनाए । ।सबैले रुखबिरुवा रोपेर त्यस्को संरक्षण सम्बर्द्धन गर्नु नै वृक्षारोपण कार्यक्रमको उद्देश्य रहेको उनले जनाए ।
यही सन्देशलाइ सबैले आत्मसात गर्नु नै आजको आवश्यकता रहेको उनले जनाए । प्रतिष्ठानले यस्तो सामाजिक सेवा कार्यको साथै शिक्षा र स्वास्थको क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको जनाए । उनले आगामी दिनमा अझ बढाउदै लैजाने बताए ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष खनालले प्रकृति हाम्रो लागि जिवनदायिनी रहेको जनाए । उनले रुख रोपौ वातावरण जोगाऔ भने ।
आउने सन्ततिको भविष्य स्वास्थ्यमय सबल बनाउ भनी आग्रह गरे । उनले नेपाल प्रौढ संघ परिवार एवं सहभागी सम्पूर्णलाई धन्यवाद दिए । उनले राष्ट्रिय धान दिवसको बधाई शुभकामना ब्यक्त गरे ।
सो अवसरमा सहभागी सम्पूर्णलाई दही चिउरा आँप खुवाईएको थियो । उक्त कार्यक्रममा स्वागत प्रौढ संघका उपाध्यक्ष अनिल रिजालको थियो । सहजीकरण कोषाध्यक्ष श्रवण बहादुर रायमाझीले गरेका थिए ।

