जीतपुर : बाराको जीतपुरसिमराका स्थानीय युवाहरूलाई आत्मनिर्भर बनाउन तालिम शुरु भएको छ ।
युवाहरुलाई उद्यमशीलता,स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रोत्साहित गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरामा आईतबारदेखि उद्यमशिलता तथा बित्तिय साक्षरता तालिम शुरु गरेको हो ।
स्थानीय ने.रा.नमुना मा.बि.सिमराको सभाहलमा शुरु भएको उक्त तालिमको तालिमको उपमहानगरपालिकाको उपप्रमुख भोला प्रसाद अधिकारीले एक कार्यक्रमवीच उद्घाटन गरेका छन् ।
राष्ट्रिय युवा परिषद् तथा सानोठिमी भक्तपुरको सहकार्यमा उपमहानगरपालिकाले उक्त तालिम संचालन गरेको उपमहानगरपालिकाको उद्यम शाखाका बरिष्ठ उद्यम सहजकर्ता दिपनारायण रायले जानकारी दिए ।
तालिममा सहभागिहरुलाई राष्ट्रिय यूवा परिषदका प्रशिक्षकहरु बालकृष्ण गैरे र सावित्रा आचार्यले प्रशिक्षण दिईरहेका छन् ।
तालिम उद्घाटन कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने,साना किसान कृषि सहकारी संस्था सिमराकी अध्यक्ष कमला अधिकारी,जीतपुरसिमरा उपमहानगरपालिका कार्यपालिकाकी सदस्य प्रभावती पासवान,नगरसभा सदस्य विशाल घिमीरे लगायत स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
तालिममा स्थानीय १६ देखि ४० वर्ष उमेर समूहका नयाँ उद्यमी तथा व्यवसाय दर्ता गरी ब्यवसाय सुधार गर्ने सोचमा रहेका इच्छुक युवाहरूलाई लक्षित गरी तालिमको आयोजना गरिएको उद्यम सहजकर्ता उषा बुढाथोकीले बताईन् ।
माघ २७ गतेदेखि फागुन ३ गतेसम्म चल्ने तालिममा अन्तराष्ट्रिय श्रम संगठनको तालिम प्याकेज अनुसार ३५ जना सहभागीहरु रहेका छन् ।

