Sajhedari Daily
Latest News from Nepal

काँग्रेसका अगुवा नेता यादवको निधन

रबिन्द्र प्रसाद साह ,/
कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुर निवासी नेपाली काँग्रेसका अगुवा नेता बिक्रम यादवको मंगलवार ७२ बर्षमा निधन भएको छ।

यादवलाई नेपाली काँग्रेसका नेता तथा कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवले पार्टीको झण्डा ओढाएर सम्मान गर्दै श्रद्धान्जली अर्पण गरेका छन । उनको दुःखद निधनले पार्टीलाई अकल्पनीय छती पुगेको मेयर यादवले बताए।

उक्त श्रध्दाञ्जली कार्यक्रममा तरुण दल बाराका जिल्ला अध्यक्ष लोकेश सिंह, कलैया उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष राजन पटेल , वडा नम्बर १३ का नेपाली काङ्ग्रेसका वडा सभापति तेजनारायन साह , वडा नः ११ का सक्रिय सदस्य नाजिर मिया अन्सारी लगायतको उपस्थिति रहेको थियो।

Comments are closed.