सात किलो लागू औषध गाँजा सहित दुई जना पक्राउ

संदिप प्रसाद यादव
245 पाठक संख्या

कलैया : बारा प्रहरीले सात किलो लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यस्थापन कार्यालय पथलैयाबाट खटिएको प्रहरी टोलीले जिल्लाको जितपुर सिमरा उपमाहानगर पालिका वडा नं.१ पथलैया स्थित ट्राफिक चेक पोष्टमा खटिएको ट्राफिक प्रहरी टोलीले चेकिङ गर्ने क्रम्मा सात किलो लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीले हेटौडाबाट पथलैया तर्फ आउदै गरेको बा.प्र.०३–००५ प ७२६६ नं. को स्कुटी रोकी जाँच गर्ने क्रममा स्कुटी भित्र लुकाई छिपाई लगिरहेको लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं.१५ बस्ने ३१ वर्षीय बिक्रम लामा र मनहरी गाउँपालिका वडा नम्बर २ बस्ने ३८ वर्षीय जिवन स्याङवो रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन्।

उनीहरुको साथबाट लागू औषध गाँजा ७ किलो २ पोका बरामद गरेको प्रवक्ता सापकोटाले बताए ।

उक्त लागु औषध गाजा सहित दुबै स्कुटी चालकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा ल्याई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रवक्ता सापकोटाले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।

Leave a review