भारत लैजादै गरिएका पाँच बालिकाहरूको उद्दार

सन्तोष पाण्डे
455 पाठक संख्या

बारा प्रहरीले हराएका पाँच जना बालिकाहरुको उद्दार गरेको गरेको छ ।

भारतर्फ लैजान लागिएका पाँच जना बालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाराले उद्दार गरेको हो ।

गत असोज २२ गतेदेखी हराएका बारा करैयामाई गाउँपालिका वडा नं. १ स्थित हरैया गाउँबाट वर्ष १३ की १ जान,१४ की २ जना,१६ की २ जान गरि ५ (पाँच) जना बालिकाहरू हराएको प्रहरीले उद्दार गरेको जनाएको छ ।

हराएका बालिकाहरुको अभिभावकहरुले जिल्ला प्रहरी कार्यालय बारामा खोजतलासका लागि निवेदन दिएपछि तत्कालै यस कार्यालयबाट खटिएको विषेश टोलीले बिभिन्न बिधिमार्फत खोज तलास गर्दै उनीहरुलाई फेला पारी परिवारजनलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनीहरुलाई बुधवार पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित रहेको रानीसति धर्मशाला नजिकैबाट प्रहरीले फेला पारेको हो ।

उनीहरुलाई रक्सौलतर्फ जाने क्रममा भारत मोतिहारी, पुर्वी चम्पारण,थाना ढाका,बिक्रमपुर गाँउ बस्ने सत्य ब्रत पालको छोरा अं.१८ को कवि कुमार पाल सहित फेला पारेको थियो ।

बालिकाहरूलाई उद्दार गरि जिल्ला प्रहरी कार्यालय बारा मार्फत निजको अभिभावकहरूलाई जिम्मा लगाई बुझाईएको र बालिकाहरुलाई भारतर्फ लैजान खोज्ने युवकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान कार्य भई रहेको प्रबक्ता एवम डिएस्पी दधिराम न्यौपानेले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds