नौ विगाहा खेतमा लगाइएको अवैध लागु औषध गाँजा नष्ट

साझेदारी दैनिक
368 पाठक संख्या

कलैया : बारा प्रहरीले जिल्लाको उत्तरी क्षेत्रमा प्रतिबन्धित लागु औषध गाँजा खेती नष्ट गरेको छ।

नौ विगाहा खेतमा लगाइएको अवैध लागु औषध गाँजाको करिब एक लाख ८० हजार बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले प्रेस विज्ञप्ति जारी गरी जनाएका छन्।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट बिहीबार खटेको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरी गाउँ र नयाँ वस्तिमा लगाइएको पाँच विगाहा गाँजा खेती नष्ट गरेको हो।

करिब एक लाख गाँजाको बोट नष्ट गरिएको छ। यस्तै ईलाका प्रहरी कार्यालय निजगढले वडा नम्बर १२ र १३ मा चार विगाहा गाँजा खेती नष्ट गरेको छ। क्रिब ८० हजार गाँजाको बोट नष्ट गरिएको सापकोटाको प्रेस विज्ञप्तिमा लेखिएको छ।

Leave a review

This will close in 0 seconds