जीतपुरसिमरा : जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रभित्र पार्किङ्ग अस्तब्यस्त बनेपछि नेपाली काँग्रेसका बारा जिल्लाका युवा नेता श्यामबाबु गुप्ताले मधेश प्रदेशको ट्राफिक ब्यवस्थापन कार्यालयको ध्यानाकर्षन गराएका छन् ।
युवा नेता गुप्ताले उपमहानगरपालिकाको अस्तब्यस्त ट्राफिकको बिषयमा अवगत गराउँदै मधेश प्रदेशको ट्राफिक ब्यवस्थापन कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।
उपमहानगरपालिकाभित्र मानिस हिड्ने फुटपाथमा पनि मोटरसाईकल,साईकल लगायतको साना गाडि राखेर बाटो अवरोध गरेपछि उनले ट्राफिक ब्यवस्थापन कार्यालय मधेश प्रदेशका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक भिमकिरण बोगटीको ध्यानाकर्षण गराएको बताएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाको बजार क्षेत्र भित्र बैँक,बित्तिय संस्था,होटल,पसल मल लगायतका बिभिन्न संघसंस्थाको आफनै पार्किङ्ग स्थल नहुँदा त्यहाँ आउँने गाडिहरु सड्क तथा फुटपाथमै पार्किङ्ग गरेको देखिन्छ । सड्क वरिपरि पसल हुनेहरु पनि सड्कमै राखेर समान मर्मत तथा बिक्रि बितरण गर्दै आएका छन् ।
प्रहरी उपरिक्षक बोगटीले आफुहरुले यसको तुरन्तै समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाको बजार क्षेत्रभित्र जथाभाबी र्पािर्कङ्ग हुँदा दिन्हौँजसो दुर्घटना हुने गरेको छ । तर सम्बन्धित निकायहरु मौन बस्दा ट्राफिक ब्यवस्थापन मुख्य समस्याको रुपमा देखिएको छ ।

