वीरगञ्ज : जिल्ला प्रहरी कार्यालय पर्साले बाख्राको मासुलाई खसी बनाई बेच्ने दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो।
वीरगञ्ज महानगरपालिका वडा नं.१३ प्रतिमा चोक स्थित आसमिन फ्रेस हाउसमा खसीको मासु हो भनी बाख्राको मासु विक्री गरिरहेको सूचना प्राप्त भएको थियो।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटि गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
उक्त पसलको तलासी लिँदा बाख्राको मासुमा खसीकोअण्डकोष सिलाएर टाँसी बेचिरहेको अवस्थामा फेला पारेकोलेउक्त फ्रेस हाउसका सञ्चालक जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१३ बस्ने वर्ष ४१ को हारून मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।
खसीको अण्डकोष टाँसिएको बाख्राको मासु अं.१५ के.जी.सहित नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याएको छ।
उनलाई कालोबजारी सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान कार्य भइरहेको प्रेस विज्ञप्तिमा जनाइएको छ।


