कोल्हवी :धीरेन्द्र पनुहर /नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति कोल्हवीको तेस्रो नगर अधिवेशन शुक्रबार एक कार्यक्रमको बिच सम्पन्न भएको छ।
कोल्हवीस्थित होटेल रोजउड प्रा लि कोल्हवीमा सो अधिवेशन सम्पन्न भएको हो। कोल्हबी नगर समितिका अध्यक्ष युवराज मैनालीको सभापतित्वमा सो अधिवेशन भएको हो।
कार्यक्रमको प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन बाराका अध्यक्ष सुरेन्द्र पासवानले पानसमा वत्ती बालेर अधिवेशनको उद्घाटन गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पासवानले नेपाल राष्ट्रिय शिक्षक संगठन हरपल हरक्षण शिक्षकहरुको हकहितको लागि काम गर्दै आएको बताए। उनले कोल्हबी नगरपालिकामा शिक्षक संगठनलाई विस्तार गरी शिक्षक शिक्षिकाहरुको समस्या पहिचान गरि अगाडी बढ्न सल्लाह दिए।
कार्यक्रममा कोल्हबी नगरपालिका बाल विकास कमिटीकि अध्यक्ष इन्दिरा देवकोटा,श्री ने रा मा वि सपहीका प्रधानाध्यापक भुनेश्वर चौधरी,अनुप दिपनी मा बि कोल्हबीका बिधालय व्यवस्थापन समितिका अध्यक्ष किशोरीप्रसाद चौधरी,जनता मा वि ककडी परसौनाका प्र अ चन्द्रदेव कुशवाहा लगाएतकाले अधिवेशनको सफलताको कामना गरे।
कार्यक्रममा श्री ने रा आधारभुत बिधालय बगेवाका प्र अ सरिता उप्रेती,खैराका प्र अ गजेन्द्र चौधरी,कोल्हबी नगर राहत शिक्षक संघका सचिव जितेन्द्र चौधरी,शिक्षकहरु राधाकृष्णा चौधरी,मदन पञ्जियार,प्रमेश चौधरी,बिमल परियार लगायतको उपस्थिति रहेको थियो ।
नगर समिति कोल्हबीका सचिव जीवन पोखरेलले सो कार्यक्रमको संचालन गरेका थिए। कार्यक्रममा समितिका उपाध्यक्ष उमेश चौधरीको स्वागत थियो।


