लोकतन्त्र दिवस संवादको अवसरमा दिप प्रज्जवलन

साझेदारी दैनिक
326 पाठक संख्या

कलैया : बाराको कलैयामा बिहीबार सांझ १९ औ लोकतन्त्र दिवस संवाद तथा दिप प्रज्ज्वलन कार्यक्रम गरिएको छ ।

गैरसरकारी संस्था महासंघ नेपाल,शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल,नेपाल पत्रकार महासंघ बारा,संरक्षण नेपाल बारा,दलित महिला संघ बारा,सचेत नागरिक समाज बाराको संयुक्त आयोजनामा उक्त दिप प्रज्जवलन कार्यक्रम गरिएको हो ।

संरक्षण नेपालका बृजमोहन कुशवाहाको अध्यक्षतामा जंगबहादुर चौरसियको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा जनमत पार्टीका प्रभुनाथ कुशवाहा,नेपाल पत्रकार महासंघ बाराका कार्यबाहक अध्यक्ष पन्नालाल दास,डा. कमरुल्लाह अंसारी लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए।

उक्त कार्यक्रममा सञ्चालन अंगद सहनीको रहेको थियो । लोकतन्त्रको बिकल्प लोकतन्त्र भन्ने मुल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

Leave a review