पर्साबाट प्रहरीले ८ किलो अफिम सहित एक पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 337 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

राम मण्डल/
पर्सा प्रहरीले ८ किलो लागुऔषध अफिम सहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कालिकामाई गाउँपालिका वडा नम्बर १ तीनडुविया वस्ने २९ बर्षका खोवारी प्रसादलाई अफिमसहित पक्राउ गरेको हो ।

आफ्नौ घरमा अफीम लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलिले उनलाई अफिमसहित पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका प्रसादलाई अफिम सहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा रखिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review