वीरगञ्जका अजहरले जिते दोहोरो उपाधि

साझेदारी दैनिक
478 पाठक संख्या

बीरगञ्ज : राजधानी काठमाडौंमा सम्पन्न मिस्टर नेसनल २०२५ को प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा वीरगञ्जका एक प्रतिभागिले दुई उपाधि जितेका छन्। वीरगञ्जका अजहर आलमले दुई उपाधि जित्दै नगरको गौरव बढाएका हुन्।

प्रतियोगितामा ‘पब्लिक च्वाइस २०२५’ र ‘सेकेन्ड रनर अप’ उपाधि आलमले जितेका छन्। यी दुवै उपाधि जित्ने उनी बीरगञ्जका पहिलो प्रतियोगी हुन्। राष्ट्रिय स्तरमा यस्तो सफलता प्राप्त गर्ने उनी वीरगञ्ज महानगरका प्रथम व्यक्ति हुन्।

आलमलाई बीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले एक कार्यक्रमका बीच विशेष सम्मान प्रदान गर्दै आलमले हासिल गरेको यो उपाधिले वीरगञ्ज महानगरको प्रतिष्ठा बढेको जनाए।

आफ्नो सफलतामा परिवार,मित्र,प्रशिक्षक तथा बीरगञ्जवासीको योगदान महत्वपूर्ण रहेको आलमले बताए। अगामी दिनमा अझ मेहनत गरेर देश तथा शहरको नाम उँचो बनाउने आलमले प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्मान कार्यक्रममा मेयरसँगै स्थानीय समाजसेवी,युवा नेताहरू तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds