महागढीमाई नगरपालिकाको पुरक सभा सम्पन्न

साझेदारी दैनिक
साझेदारी दैनिक 772 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बाराको महागढीमाई नगरपालिकाको सातौं नगर सभाको पुरक नगर सभा सोमबार सम्पन्न भएको छ ।

महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा हिउदे अधिवेशन सम्पन्न भएको हो ।

नगरपालिकाको आर्थिक वर्ष २०८०÷२०८१ को असार ३ गते सम्पन्न सातौं नगरसभाले पारित गरेको योजना तथा कार्यक्रमलाई कार्यान्वयन गर्दै अगाी बढीरहेको नगर प्रमुख यादवले बताए ।

यस नगरपालिकालाई अझ विकसित तथा पर्यटकीय विकास गर्न आवश्यक रहेको उनले बताए । उनले फोहोर मैला व्यवस्थापन जस्ता चुनौतीहरु अझै समस्याको रुपमा रहेको उनले जनाए । यस्को समाधानको लागि सो सभामा छलफल भएको उनले जनाए ।

सभामा बजेट संशोधन,चिडियाखाना व्यवस्थापन तथा संचालनको विषयमा छलफल भएको छ । हिउँदे अधिवेशनमा विद्यालय सरसफाई कार्यविधि २०८०,आर्थिक सहायता कार्यविधि २०८०,स्थानीय सिप संचालन व्यवस्थापन ऐन २०८० बारे छलफल भएको छ ।

यस्तै नगर प्रहरी संचालन व्यवस्थापन ऐन २०८०,खानेपानी तथा सरसफाई ऐन २०८०,वातावरण तथा प्राकृतिक श्रोत संरक्षण एैन २०८०, संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०८०को बारेमा सो अधिवेशनमा छलफल भएको हो ।

यसैगरी सो पुरक अधिवेशनमा श्री गढीमाई पंचवर्षीय मेला व्यवस्थापनको लागि बाली मुआव्जा वितरण सम्बन्धमा छलफल भएको हो । वडा नम्बर १ को अधुरो वडा कार्यालय भवन निर्माणको अपुग रकमको बारेमा छलफल भएको हो ।

फोहोर व्यवस्थापनको लागि खरिद तथा निर्माण डम्पिङ्ग साइडको विषयमा समेत छलफल भएको नगरप्रमुख यादवले जानकारी दिए । नगरपालिकाको भवनको जग्गा खरिद,वडा नम्बर ३ को वडा कार्यालय भवन निर्माणको लागि जग्गा खरिदको विषयमा छलफल भएको छ ।

आँखा उपचार सेवा केन्द्र संचालन तथा व्यवस्थापनको बारेमा समेत छलफल भएको हो । मारुती महायज्ञ समेत छलफलको विषय रहेको उनले जनाए ।स्वास्थ्य चौकी बरियारपुरको जीर्ण अवस्थामा रहेको भवन भत्काउने विषय पनि छलफलमा समेटिएको छ ।

गञ्जभवानीपुरको मेला बजारको ठेक्का सम्बन्धमा समेत छलफलको विषय रहेको हो । नगरपालिकाको थप बजेटको सम्बन्धमा छलफल भएको हो ।

सो अधिवेशनमा महागढीमाई नगरपालिकाकी उपप्रमुख तारादेवी साह कानु,महागढीमाई नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य,वडा सदस्यहरु,प्रशासकीय अधिकृत तथा कर्मचारीहरु,सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review