करण कुमार मिश्र/
रौतहटको वृन्दावन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको सुरेन्द्र प्रधानले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा राजनीतिक द्वन्द्व र विवादका कारण सो पालिकामा आफू हाजिर नहुने निवेदन दिएका छन ।
प्रधानले निवेदन दिएपछि मन्त्रालयले सोही पालिकामा कार्यरत रासनारायण पटेललाई पुनः प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन खोज्दा र रौतहट क्षेत्र नम्बर ४ का संघीय सांसद देवप्रसाद तिमल्सिनाले मन्त्रालयमै होहल्ला मच्चाएका छन् ।
सांसद तिमल्सिनाले होहल्ला गर्दा बृन्दाबन पुनः हाकिम विहिन नै रहने संकेत देखिएको समाचार स्रोतले जनाएको छ ।
यता प्रमुख प्रशासकीय अधिकृत नहुँदा ती पालिकाका वृद्धवृद्धाहरुले सामाजिक सुरक्षा भत्ता समेत लिन पाएका छैनन् ।
यतिखेर हाकिम बिहिन रहेका कारण वृन्दावन नगरपालिकामा हजारौ वृद्धवृद्धाहरुले दिपावली तथा छठ पर्वमा समेत भत्ता नपाउने संकेत देखिएको समाचार स्रोतले जनाएको छ ।

