कोल्हवी ८ को कृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण प्रकाट्य महोत्सव मनाउदै

साझेदारी दैनिक
560 पाठक संख्या

कोल्हवी,१० भदौ । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८ नयावस्तीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा ‘श्रीकृष्ण जन्माष्टमी’का अवसरमा आज कृष्ण प्रकाट्य महोत्सव मनाउदै छ ।

उक्त महोत्सव उद्घाटन कार्यक्रमको कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मी चौधरीले दिपप्रज्वलन गरी उद्घाटन गुर्नभएको छ ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी चौधरीले सम्बोधन गर्दै धर्म र संस्कृतिले हामीलाई आत्मा शान्ति र भक्तिमार्गको बाटो देखाउने बताउनुभयो ।

उहाले यसै श्रीकृष्ण प्रणामी मन्दिरको निर्माणधीन भवनलाई पुरा गर्ने दायित्व स्थानीय तहको पनि भएको बताउनु हुदै निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उद्घाटन कार्यक्रममा कोल्हवी नगरपालिका वडा नम्बर ८ का निवर्तमान वडाअध्यक्ष सार्थक पौडेल,श्रीकृष्ण प्रणामी मन्दिर सेवा समिति बारा, पर्साका अध्यक्ष अर्जुन घिमिरे,युवा परिषद मधेश प्रदेश समितिका सचिव उमेश सापकोटा,स्थानीय युवा समाजसेवी लिलाबहादुर बस्नेत, बाईजुराज महिला समितिकी जिल्ला अध्यक्ष मन्दिरा उप्रेति,युवा परिषद बारा,पर्साका उपाध्यक्ष सन्तोष पाण्डे लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

श्रीकृष्ण प्रणामी मन्दिर सेवा समिति नयाँवस्तीका अध्यक्ष होमनाथ उप्रेतिको अध्यक्षमा भएको उद्घाटन कार्यक्रममा बाईजुराज महिला समिति प्रास नयाँवस्तीकी अध्यक्ष हिरा खड्काले स्वागत मन्तव्य तथा मन्दिर समितिका सचिव नवराज उप्रतिले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

यसैगरी उक्त कृष्ण प्रकाट्य महोत्सवमा पण्डित संजय प्रणामी शास्त्रीले कृष्ण कथा एवम् संगितमय भजनकृर्तन गराउदै हुनुहुन्छ ।

कार्यक्रम अन्तरगत सन्धयाकालिन शत्रमा भजन कृर्तन एवम विभिन्न झाँकी सहित राती १२ बजेपश्चात श्रीकृष्ण भगवानलाई प्राकाट्य गराएर मात्र कार्यक्रमलाई समापन गरिने मन्दिर समितिका सहसचिव चन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

Leave a review

This will close in 0 seconds