जीतपुर : बाराको मिरामा स्मार्ट एजुकेशन हब सञ्चालनमा आएको छ ।
शैक्षिक क्षेत्रमा नयाँ अवसर प्रदान गर्ने उद्देश्यले सिमरा स्थित एयरपोर्ट चोकमा उक्त हव संचालनमा आएको हो ।
स्मार्ट एजुकेशन हबले +२ देखि ब्याचलर तहसम्मका विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक सेवा प्रदान गर्ने सञ्चालक गोबिन्द थापाले जानकारी दिए ।
यसमा कम्प्युटरका विभिन्न कोर्सहरू सञ्चालन गर्नुका साथै ईलटर्स तयारी कक्षाहरू र विद्यार्थी भिसा परामर्श सेवा पनि उपलब्ध गराउनेछ ।
शिक्षा क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा,स्मार्ट एजुकेशन हबले लोकसेवा आयोग,शिक्षक सेवा आयोग र बैंकिङ तयारी कक्षाहरू पनि सञ्चालन गर्नेछ,जसले सरकारी तथा वित्तीय क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूलाई लाभ प्रदान गर्नेछ।
सञ्चालकहरूका अनुसार,यस संस्थाले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आधुनिक प्रविधि र अनुभवी शिक्षकहरूको साथ उत्कृष्ट वातावरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।


