बिना कुनै स्वार्थ शिक्षामा लगानी गरेको हु – डा. अग्रवाल

साझेदारी दैनिक
406 पाठक संख्या

कलैया ।राजेश कुशवाहा : द अग्रवाल फाउण्डेशन अमेरिकाका अध्यक्ष डा.बजरंग अग्रवालले बिना कुनै स्वार्थ शिक्षामा लगानी गरेको बताएका छन्।

बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयमा द अग्रवाल फाउण्डेशनले निर्माण गरेको गोपाल अग्रवाल संस्कृत छात्रा बासको उद्घाटन कार्यक्रमलाई बिहीबार प्रमुख आतिथ्यबाट सम्बोधन गर्दै अध्यक्ष डा.अग्रवालले यस्तो बताएका हुन्।

उनले बाराका विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग पु्गोस भन्ने उद्देश्यले छात्राबास बनाएको बताए।उनले बाराका शिक्षालाई नेपाल भरीमा नै उत्कृष्ट बनाउनु पर्नेमा जोड दिए ।

सरकार र समाजले सार्वजनिक सम्पतिको संरक्षण गर्नुपर्ने बताए । उनले जिल्लाको धेरै उन्नति,प्रगति आफुले हेर्न चाहेको समेत बताए।

आ–आफ्ना बाल बच्चालाई संस्कार र मिहनेत गर्न सिकाउनका लागि उनले अभिभावकसंग आग्रह गरे। उक्त कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य महमद समिरले द अग्रवाल फाउण्डेशनले गरेको कामको जति प्रशंसा गरेपनि कमै हुने बताए।

फाउण्डेशनको कार्यले देश र समाजको लागि सबैले केही न केही गर्नुपर्ने प्रेरणा मिलेको उनको भनाई रहेको थियो।

उक्त कार्यक्रममा बोल्दै निवर्तमान प्रदेश सभा सदस्य पारस साहले फाउण्डेशनले शिक्षामा लगानी गरेर शिक्षालाई धरासायी हुनबाट जोगाएको बताए। सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयलाई मधेश प्रदेशकै विश्वविद्यालय बनाउनुपर्ने उनको भनाई रहेको थियो।

उक्त अवसरमा द अग्रवाल फाउण्डेशनका सचिव पवन अग्रवाल, आशिष अग्रवाल,हर्षिता अग्रवाल,डा. अमित अग्रवाल,निरन्जन कुमार अग्रवाल,निलिमा अग्रवाल,अर्चना अग्रवाल,रन्जना अग्रवाल,लक्ष्मण अग्रवाल,डा. भरत अग्रवाल,सुधा अग्रवाल,गोपाल सेवा समिति बाराका अध्यक्ष जंगबहादुर यादव,जिल्ला विकास समिति बाराका तत्कालिन सभापति छठुप्रसाद यादव,बारा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिवनाथ शर्मा,बारा उद्योग वाणिज्य संघका महासचिव रामअशिष साह,कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहन बहादुर क्षेत्री,वडा नम्बर ३ का वडा अध्यक्ष मोहन साह कानु लगायतको सहभागिता रहेको थियो।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मणिन्द्रनाथ शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक छविरमण सुवेदी एवम् सञ्चालन शिक्षक शान्ती राज मिश्राको रहेको थियो।

उक्त अवसरमा डा. अग्रवाललाई सम्मानित गरिएको थियो । यसैबीच बिहीबार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवन पसाह पुल नजिक बृद्धा आश्रमको शिलान्याश गरिएको छ।

द अग्रवाल फाउण्डेशन अमेरिकाका अध्यक्ष बजरंग अग्रवालले बैदिक मन्त्र बीच उक्त बृद्धाश्रमको शिलान्यास गरेका हुन्।

त्यसैगरी द अग्रवाल फाउण्डेशनले कलैया स्थित ३ चन्द्र माध्यमिक विद्यालयमा रु १२ करोडको लगानीमा ३ तले सुबिधा सम्पन्न डा. बजरङ्ग अग्रवाल सुमित्रा देवी शिक्षालयको निर्माण गरेको छ।

Leave a review

This will close in 0 seconds