जंगली बाघको आक्रमणबाट पाँच घाईते

साझेदारी दैनिक
359 पाठक संख्या
सांकेतिक तस्वीर

कलैया : राजेश कुशवाहा/सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १ खोरिया टोल स्थित शहीद रंगशाला नजिक सोमबार जंगली बाघको आक्रमण बाट पाँच जना घाईते भएका छन्।

घाईते हुनेमा सोही स्थान बस्ने ४३ वर्षीय कृष्ण बिष्ट,५५ वर्षीय गणेश खत्री,६५ वर्षीय रिजन गोसाई,सप्तकोशी नगरपालिका १ फतेपुर बस्ने ६० वर्षीय गोपाल बिक र ५० वर्षीय कान्छा राई भन्ने मिन बहादुर राई रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धाम धनुषाले जानकारी दिएको छ।

जंगलबाट बस्ती छिरेको बाघको आक्रमणमा परी उनीहरु घाईते भएका हुन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी फतेपुर र सशस्त्र प्रहरी बेस फतेपुर सप्तरी बाट खटिृएको संयुक्त टोलीले कोशी टापु बन कार्यालयलाई जानकारी गराएको थियो ।कोशी टापु बन्यजन्तु आरक्षको टोलीले बाघलाई नियन्त्रणमा लिई पर्सा राष्ट्रिय निकुञ्जमा पठाएको छ ।

Leave a review