कलैयामा बजार विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

संदिप प्रसाद यादव
525 पाठक संख्या

कलैया : बाराको सदरमुकाम कलैयामा मंगलबार कलैयामा बजार विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कलैयास्थित बारा उधोग बाणिज्य संघको सभा हलमा घरेलु तथा साना उधोग कार्यालय बाराको आयोजनामा मंगलवार एक कार्यक्रम उक्त बजार विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

“उधमशिलता संस्कृति राष्ट्रको समृद्धि” मुल नाराका साथ उक्त कार्यक्रम सप्पन्न भएको हो ।

घरेलु तथा साना उधोग कार्यालय बाराका प्रमुख उधोग अधिकृत देवेन्द्र कुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा बारा उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साहले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै बारा उधोग बाणिज्य संघका अध्यक्ष साहले घरेलु कार्यालयमा उधोग दर्ता गर्ने बेला सुरुमा ओरिजनल डकुमेन्ट कार्यालयमा हुँदाहुँदै नवीकरण गर्ने बेला फेरि नागरिकताको फोटोकपी र उघोग दर्ताको फोटोकपी नलिई कार्यालय कागज मुक्त बनाउन उनले आग्रह गरेका छन् ।

उधोग बाणिज्य संघ जहिले पनि एउटा सहजकर्ताको भुमिका निर्वाह गर्दै आएको अध्यक्ष साहले बताए । घरेलु कार्यालयमा नयाँ उधोग तथा व्यवसाय दर्ता गराउनेहरुलाई ३/३ महिनामा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न आग्रह गरे ।

कार्यक्रममा कर आन्तरिक राजस्व कार्यालय सिमराका कर अधिकृत वसन्त नेपाल,बारा उधोग बाणिज्य संघ बाराका उपाध्यक्ष प्रदिप कुमार साह,महासचिव रामआशिष साह,नेपाल घरेलु तथा साना उधोगका इरमान इरानी,उधमी,ब्यापारी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियोे ।

सो अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य घरेलु तथा साना उधोग कार्यालय बाराका सहायक शाखा अधिकृत अमोद यादवको रहेको थियो भने कार्यक्रम संचालन उपभेत्ता हित संरक्षण मञ्च नेपाल मधेस प्रदेशका सदस्य अध्यक्ष अरुण खनालले गरेका थिए ।

Leave a review