बारामा २७ लाख ५९ हजरा रूपैया बराबरको दाल प्रहरीद्रारा बरामद

संदिप प्रसाद यादव
436 पाठक संख्या

बारा प्रहरीले २७ लाख ५९ हजरा रूपैया बराबरको दाल बरामद गरेको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उक्त दालसहित ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोक स्थित बाराबाट नुवाकोट तर्फ जादै गरेको ना ८ ख १२६१ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा ट्रकमा लोड रहेको दालको विल विजक नभएको पछी प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उक्त दाल विल विजक भन्दा बढि रहेको हुदा अन्दाजी मुल्य रू. २७ लाख ५९ हजरा रूपैया बराबरको भासन्डो र मसुरो गरी २१ हजार किलो दाल बरामद गरेको बारा प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको उक्त दाल सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds