Sajhedari Daily
Latest News from Nepal

सुनारको १३ औँ पुण्य तिथि मनायो नेकपाले

Top Aside Banner

रञ्जन यादब/
नेकपाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ कमिटीले आफना सक्रिय सदस्य अक्कल बहादुर सुनारको १३ औँ पुण्य तिथि मनाएको छ ।

नेकपाले सुनचाँदी व्यावसायी समेत रहेका सुनारको १३ औँ पुण्य तिथिको अवसरमा मंगलवार शोक सभाको आयोजना गरेको छ । सिमरामा आयोजित शोकसभामा सुनारको फोटोमा मालाअपर्ण गरी नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

नेकपाका केन्द्रिय सदस्य दिनेस राई र जिल्ला सचिव तथा प्रदेश सभासद सुन्दर बिश्वकर्माले दिवाँगत हुनुभएका सुनारको आत्माको चिर शान्तिको कामना गर्दै उनको योगदानको चर्चा गरेका थिए ।

सो अवसरमा पार्टीका राजन पौडेल, गिता कडेल, कृष्ण खनाल,.सरस्वती चौधरी,.अमृत लाल श्रेष्ठ,.शोभा कार्की,. धन बहादुर श्रेष्ठ, जिल्ला सल्लाहकार सदस्य भोलाप्रसाद अधिकारी,.कमला घिमिरे, तिलकबहादुर श्रेष्ठ लगायतकाले श्रद्धान्जली अर्पण गरेका थिए।