कलैया । कलैया सिटी जेसिजले आयोजना गरेको बिङो नाइट कार्यक्रम मंगलवार कलैयास्थित बरेवा दरबार होटलको प्राङ्गणमा सम्पन्न भएको छ।
सो बिङो नाइट कार्यक्रममा दुई जनाले बिङो हाउसफुल जितेका छन्। जसमध्ये एक जनाले ३२ इन्चको टिभी बराबरको आधा नगद पुरस्कार प्राप्त गरेका छन् भने अर्का विजेता राजन गुप्ताले सो टिभी उपहारस्वरूप प्राप्त गरेका छन् ।
त्यस्तै क्विक फाइभमा राजेश मण्डल, टप लाइनमा सुरेन्द्र प्रसाद गुप्ता, मिडल लाइनमा राजा जयसवाल, लास्ट लाइनमा युवराज दास, समृद्धि गुप्ता र प्रभात कुमार तथा फोर्थ कर्नरमा युवराज दास र मनोज विजेता भएका छन्।
सो बिङो नाइट कार्यक्रममा प्रत्येक श्रेणीका विजेतालाई १० हजार रुपैयाँ बराबरको नगद पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक आदिल अन्सारीले जानकारी दिएका छन् । उनका अनुसार बिङोको मिडल लाइन विजेता राजा जयसवालले जितेको १० हजार रुपैयाँ कलैया सिटी जेसिजको सामाजिक कार्यमा सहयोगस्वरूप हस्तान्तरण गरेका छन् ।
उक्त बिङो नाइटको मुख्य प्रायोजक भर्चुअल नेटवर्क प्रा.लि. कलैया शाखा रहेको थियो।
सो कार्यक्रम कलैया सिटी जेसिज २०२५ का अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष धनीलाल सरार्फ, कलैया उपमहानगरपालिका–२ का वडा अध्यक्ष राजेश मण्डल, भर्चुअल नेटवर्क प्रा.लि.का राजेश पण्डित लगायत जेसिजका पदाधिकारी र स्थानीयको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन कलैया सिटी जेसिज २०२१ का अध्यक्ष शम्भु गुप्ताले गरेका थिए।

