पाँच किलो लागु औषध सहित मानिस पक्राउ

साझेदारी दैनिक
277 पाठक संख्या

बारा प्रहरीले पाँच किलो लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्‍ट ईनर्वासिरहा बाराबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.२४ स्थित हरपुरबाट ईनर्वासिरा तर्फ चलाई गई रहेको साईकल चालकसंग सो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१९ बस्ने अन्दाजी ३३ वर्षीय प्रयागमहतो नुनिया लाई साईकल पछाडि झोलामा लुकाई छिपाई राखेको लागु औषध पाँच किलो गाँजा प्रहरीले वरामद गरेको छ ।

नुनियालाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds