साढे छ किलो चरेससहित सहित वीरगञ्जबाट तीन जना पक्राउ

साझेदारी दैनिक
376 पाठक संख्या

वीरगञ्ज: लागु औषध चरेससहित पर्सा वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ।

चरेस सहित प्रहरीले बारा कलैया उप–महानगरपालिका–२ भवानीपुर बस्ने २३ वर्षीय लडु राम,पर्सा विन्दवासिनी गाउँपालिका–३ बस्ने ३५ वर्षीय सरोज साह र वीरगञ्ज महानगरपालिका–११ बस्ने २३ वर्षीय रवि चौधरीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाट गएको टोलिले वीरगञ्ज महानगरपालिका–१५ ब्रहमचोक स्थित डेरा लिएर बसिरहेका उनीहरुको कोठाबाट खनतलासी गर्दा साढे ६ किलो ५९० ग्राम चरेस बरामद गरेको पर्साका प्रहरी प्रबक्ता डिएसपी सुवास भट्टले साझेदारी दैनिकलाई जानकारी दिए।

बरामद चरेससहित पक्राउ परेका तिनैजनालाई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिमको कसूरमा पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको उनले बताए ।

Leave a review