Sajhedari Daily
Latest News from Nepal

छुुट्टा छुुट्टै सवारी दुुर्घटनामा एक जनाको मृत्युु, दुुई जना गम्भिर घाईते

रञ्जन यादब/
बारामा बुुधबार राती भएको दुुई छुुट्टा छुुट्टै सवारी दुुर्घटनामा एक जनाको मृत्युु भएको छ भने दुुई जना गम्भिर घाईते भएका छन् ।

बाराको बारागढी गाउँपालिका वडा नम्ब ५ सिंहासनी चोकमा बुधवारराति बिजुलीको पोलमा ठोकिएर मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । मलाहीबाट कोल्हवीतर्फ जाँदै गरेको ना ४७ प १९ नम्बरको मोटरसाइकल बुधवारराति साढे ११ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ का २२ वर्षीय धरबेन्द्र चौधरीको उपचारको क्रममा कलैया अस्पतालमा बुधवार राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बारागढीले जनाएको छ ।

यसैगरी प्रसौनी गाउँपालिका वडा नम्बर २ हनुमान मन्दिर नजिकै बुधवारराति स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। वीरगञ्जबाट भलुहीतर्फ जाँदै गरेको ना ५३ प ३२६६ नम्बरको स्कुटर राति पौने १० बजे बिजुलीको पोलमा ठोकिएको थियो । दुर्घटनामा स्कुटर चालक बाराको फेटा गाउँपालिका वडा नम्बर १ भरबलियाका अन्दाजी २६ वर्षीय अर्जुन पटेल र पछाडी सवार २५ वर्षका रुपेश पटेल घाइते भएका छन् ।

घाईतेहरुको तराई अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ । घाइते मध्ये रुपेशको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय प्रसौनीले जनाएको छ ।