कलैया : बारामा बिहीबार र शुक्रबार हर्षाेल्लासका साथ होली पर्व मनाइएको छ।
जिल्लाको कलैया उपमहानगरपालिका,जितपुर सिमरा उपमहानगरपालिका,महागढीमाई नगरपालिका,पचरौता नगरपालिका,सिम्रौनगढ नगरपालिका,कोल्हवी नगरपालिकामा होली पर्व मनाईएको हो।
यसैगरी जिल्लाको प्रसौनी गाउँपालिका,परवानीपुर गाउँपालिका,फेटा गाउँपालिका,विश्रामपुर गाउँपालिका,देवताल गाउँपालिका,सुवर्ण गाउँपालिका,बारागढी गाउँपालिका र करैयामाई गाउँपालिकामा होली पर्व उल्लासका साथ मनाईएको हो।
जिल्लाको उत्तरी क्षेत्रमा बिहीबार होली पर्व मनाईएको थियो। जितपुर सिमरा उपमहानगरपालिकाको मनहर्वा,बडहर्वा,जैतापुर,रामनगर,पिलुवा,डकाहा,कुशमारी,महेन्द्र नगर,डुमरवाना,हरैया, नयाँबस्ती,निजगढ नगरपालिकामा बिहीबार होली पर्व मनाईएको हो।
स्थानीयवासीहरूले एकअर्कालाई रङ लगाएर र खुशी साटासाट गरेर होली मनाएका हुन्। होलीका अवसरमा मानिसहरूले विविध रङहरू एकअर्कामाथि हालेर पर्वलाई रमाइलोका साथ मनाउने गरिन्छ।
यो पर्व धार्मिक सीमाभन्दा पर गइ उत्साह र सद्भावको रूपमा मनाइन्छ। नेपालीहरू,चाहे जुनसुकै धर्म वा समुदायका हुन्,होलीको अवसरमा एउटै आँगनमा भेला भएर उल्लासपूर्वक रमाउँछन् ।
असत्यमाथि सत्यको,अन्यायमाथि न्यायको,दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा यो पर्व मनाउने गरिन्छ।

