सिकेन्द्र पासवान/
नेपाली काँग्रेस केन्द्रिय कमिटीले विस्तारको विभिन्न विभागमा बारा तीन जना मनोनित भएका छन । जिल्लाका काँग्रेसका युवा नेता प्रवेज आलम अंसारी मुस्लीम विभागको सचिवमा, रसुल मिया सदस्यमा र जुझारु नेता उपेन्द्र जसवाल बितिय तथा सहकारी समन्वय बिभागको सदस्यमा मनोनित भएका हुन ।
पार्टीमा हनोहर युवा आलमलाई बिभागका प्रमुख एवम केन्द्रिय सदस्य फरमुल्लाह मंसुरले सचिवमा मनोनित गर्नुभएको हो । त्यसैगरि सदस्यमा रसुल मिया पनि मनोनयनमा भएका छन । यस्तै तराई मधेस समन्वय बिभागको सदस्यमा पुरानो एवम अनुभवी नेता शिवभोला ठाकुर मनोनित भएका छन ।
यस्तै सहकारी विभागका प्रमुख अनान्द ढुगनाले जयसवाललाई सहकारीमा गरेको योग्दानलाई कदर गर्दै सदस्यमा मनोनयन गरेको छन । स्वच्छ छबि, ईमान्दार, निडर, जुझारु, कर्तब्यनिष्ट, लगनशिल एवम पार्टीमा लामो योग्दान गरेका जसवाल सहकारी बोर्डको सदस्य, गाबिस अध्यक्ष, नेपाली काँग्रेस पार्टीको जिल्ला सदस्य पटक पटक भईसकेका उनी अहिले पार्टी महासमिति सदस्यको रुपमा रहनु भएको छ ।
मनोनित भएका सबैलाई नेपाली काँग्रेस जिल्ला कार्य समिति बाराका सभापति जयचन्द्र चौरसियाले बधाई तथा शुभकामना दिदै कार्यकालको सफलताको कमना गर्नुभएको छ । त्यसैगरि पार्टीका कोषाअध्यक्ष चन्द्रशेखर यादव, बारा निर्वाचन क्षेत्र नम्बर १ का सभापति तथा सिम्रौनगढ नगरपालिकाका मेयर बिजय शंकर यादवले पनि मनोनित हुनु भएका सबैलाई शुभकमना ब्यतm गरेका छन