कलैया : बारामा बिहान साढे सात बजेदेखि साँझ सात बजेसम्म राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय बाराले बुधबार एक सूचना जारी गरी बिहान साढे सात बजेदेखि साझ सात बजेसम्म राष्ट्रिय परिचयपत्र वितरण गरिने जानकारी दिएको छ।
विगत केही दिन देखि यस कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्याधिक बढेको हुँदा सेवाग्राहीहरुको सुविधा र सहजतालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यस्तो ब्यवस्था लागू गरिएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जारी गरेको सूचनामा जनाइएको छ।
चैत ६ बुधबार देखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धी सेवा सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिन विहान साढे सात बजे देखि साँझ सात बजेसम्म कार्यालयबाट प्रवाह हुने व्यवस्था मिलाईएको सूचनामा बताइएको छ।


