वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु र सचिवमा नेविसंघ बिजयी

राम मण्डल
505 पाठक संख्या

वीरगञ्ज : वीरगञ्जको नर्सिङ क्याम्पसमा रोकिएको मतगणना शनिबार सम्पन्न भएको छ। सार्वजनिक भएको चुनावी नतिजा अनुसार क्याम्पसको स्ववियु निर्वाचनमा सभापतिमा अनेरास्ववियु र सचिवमा नेविसंघका उम्मेदवार बिजयी भएका छन्।

मतगणना परिणाम अनुसार क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकि आर्जु राय बिजयी भएकी हुन् ।

उनले एक सय ३ मत प्राप्त गरेर सभापति पदमा जित हासिल गरेकी हुन्।उनको निकटतम प्रतिद्वन्दी नेविसंघकी दिब्यान्शु श्रेष्ठले ९५ मत प्राप्त गरिन्।सभापतिमा अनेरास्ववियु क्रान्तिकारीकि कविता आचार्यले ७२ मत ल्याइन्।

सचिव पदमा भने नेविसंघकी मन्दिरा चिमोरिया एक सय ४ मत ल्याएर बिजयी भइन् ।उनकी निकटतम प्रतिद्वन्दी अनेरास्ववियुकि शिला कुमारी चौहानले ९६ मत प्राप्त गरिन्।

दुई सय ७२ जना मतदाता रहेको क्याम्पसमा विवादका कारण मतगणना बिचमै रोकिएको थियोे । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा सहमति भएपछि मतगणना सम्पन्न भइ चुनावी नतिजा सार्वजनिक भएको हो।

ठाकुरराम क्याम्पसमा भने मतगणना कार्य हालसम्म स्थगित रहेको छ।मतपेटिकाको शिल नम्बर नमिलेपछि भएको विवादका कारण रोकिएको मतगणना हालसम्म पनि शुरु हुन सकेको छैन।

बिद्यार्थी संगठन बिच नै सहमति जुटन नसक्दा मतगणना हुन सकेको छैन ।दुई समूहमा विभाजित बिद्यार्थी समूहबिच कुरा नमिल्दा मतगणना रोकिएको हो।

Leave a review