बारा प्रहरीले सिल्भरको तारसहित मोटरसाईकललाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी श्रीनगरबाट खटिएका संयुक्त प्रहरी टोलीले जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ हनुमानचोकमा मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ना ५० प ४०२० नम्बरको मोटरसाईकलमा लोड रहेको सिल्भरको तारसहित मोटरसाईकललाई नियन्त्रणमा लिइएको हो ।
उक्त मोटरसाइकलबाट सिल्भरको तार १ सय केजी अन्दाजी मूल्य रु. ७० हजार रुपैयाँ बराबरको बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त सिल्भरको तार सहित मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

