Sajhedari Daily
Latest News from Nepal

प्रभु हस्पिटलद्वारा रक्तदान कार्यक्रमको अयोजना,सात जना महिला सहित ६४ जनाले गरे रक्तदान

Top Aside Banner

वीरगञ्जमा रहेको प्रभु हस्पिटलले शनिबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको गरेको छ ।हस्पिटलले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ७ जना महिला सहित ६४ जनाले रक्तदान गरेका छन । पानीटंकीस्थित हस्पिटलको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७ महिला सहित ६४ जनाले रक्तदान गरेका छन ।

कोरोना महामारीमा रगतको अभाव परिपुर्ति गर्न प्रभु हस्पिटल वीरगंजले आफनो प्रथम स्थापना दिवसको अवसरमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रमको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङ्गले रक्तदाता रिन्कु गुप्तालाई रगतको पोका हस्तान्तरण गरी रक्तदान कार्यक्रमको प्रारम्भ गरेका थिए ।

कोरोना महामारीमा समयमै उपचार नपाएर गम्भीर भएका विरामीलाई रक्तदान जस्ता समाजिक कामले टेवा पुग्ने पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङ्गले बताए । आफनो स्थापना दिवसको अवसरमा प्रभु हस्पिटलले ६० वर्ष माथिका जेष्ठ नागरिक तथा १४ वर्ष मुनिका बालबालिकालाई आश्विन ३० गतेसम्मका लागी निःशुल्क रुपमा ओपिडि चेकजाँच गरिने अस्पतालका सञ्चालक डा. मनोज गुप्ताले जानकारी गराएका छन ।

सो अवसरमा अनिता यादव, मनिसा पन्त, श्रेया गुप्ता, अपसरा गुप्ता, जोविना महर्जन, नितवनी खातुन, निसा गुप्ता, उपेन्द्र यादव, जाकिर हुसेन, अरुण गुप्ता, सुरेश परियार, श्रवण नेपाल, विकास थापा, कपलेश यादव, नेपाली सेना, रोट्राक्ट क्लब, स्प्रिट क्लब लगायतका रक्तदाताहरुले रक्तदान गरेका थिए ।