नक्कली प्रहरी बनी मोटरसाईकल चोर्ने र सर्वसाधारसंग रमक ठग्ने अन्सारी पक्राउ

संदिप प्रसाद यादव
334 पाठक संख्या

बारा प्रहरीले नक्कली प्रहरी बनी मोटरसाईकल चोर्ने र सर्वसाधारसंग रमक ठग्ने अन्सारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको फेटा गाँउपालिका वडा नम्बर ७ बस्ने सहाबुदिन अंसारी रहेको प्रहरीले जनाएको छ ।

२०८१ जेठ ३२ गते बेलुका जिल्लाको महागढिमाई नगरपालिका वडा नम्बर ८ जोलगावा बस्ने वर्ष ५५ को सिताराम राय यादवको नाममा दर्ता रहेको ना ४ प २२१२ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल अन्सारीले म प्रहरी हो ईमरजेन्सी छ एक छिनको लागी मोटरसाइकल दिनुस भनि प्रहरीको भ्रममा पारी उक्त मोटरसाइकल लिई फरार भएका थिए ।

सोही मोटरसाइकलको प्रयोग गरी बिभिन्न मानिसहरूसंग घुमी घुमी प्रहरीकै भ्रममा पारी पैसा ठग्ने जस्ता कार्य गर्ने गरेको निवेदन जिल्ला प्रहरी कार्यालय बारामा प्राप्त २ हुन आएको हुँदा उक्त नक्कली प्रहरीलाई पक्राउ गर्नेको लागी कार्यालय तथा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले श्रावण ७ गते पक्राउ गरेको हो ।

साथै यस्ता किसिमको घटनामा अन्य व्यक्तिहरूसंग पनि हुनसक्ने भएकोले ठगीमा पर्नु भएका व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालय, बारामा सम्पर्क गरी जाहेरी दरखास्त दिनको लागी समेत अनुरोध गरिएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

अन्सारीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बाराबाट चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा,कलैयाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्यौपानेले जानकारी दिएका छ

Leave a review

This will close in 0 seconds