तीन दिन माछा,मासु तथा मदिरा बिक्री बन्द

राजेश कुशवाहा
333 पाठक संख्या

सिम्रौनगढ : बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ सिम्रौनगढ बजारमा बुधबार देखि तीन दिनका लागि माछा मासु तथा मदिराको बिक्री बितरण बन्द गरिएको छ ।

सिम्रौनगढ बजारमा नव निर्मित हनुमान मन्दिरमा हनुमान जीको मुर्तीको प्राण प्रतिष्ठा हुने भएकाले जेठ २१ गते बुधबारदेखि जेठ २३ गते शुक्रबार सम्मका लागि माछा मासुको बिक्री बितरण बन्द गरिएको हो ।

वडा अध्यक्ष नन्दकिशोर प्रसादले एक सार्वजनिक सूचना जारी गरी माछा मासु तथा मदिराको बिक्री बितरण नगर्न ब्यवसायीहरुलाई जानकारी गराएका हुन ।

Leave a review

This will close in 0 seconds