स्थापना दिवसको अवसरमा मैनबत्ती प्रज्वलन

साझेदारी दैनिक
482 पाठक संख्या

कलैया :राजेश कुशवाहा/ नेपाल पत्रकार महासंघको ७० औ स्थापना दिवसको अवसरमा बाराको कलैयामा शुक्रबार सांझ मैनबत्ती प्रज्वलन गरिएको छ।

नेपाल पत्रकार महासंघ बाराको अगुवाईमा कलैयास्थित भरत चोकमा मैनबती प्रज्वलन गरिएको हो।

महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासको अगुवाईमा गरिएको मैनबत्ती प्रज्वलनमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान, महासंघका मधेश प्रदेश कोषाध्यक्ष अनिलकुमार गौरव,सदस्य साजिर मंसुर,महासंघ बाराका पुर्व उपाध्यक्ष राकेश पाण्डेय,पूर्व सचिव जयनारायण यादव,प्रेस मञ्चका अनिल बर्मा,महासंघ बाराका सदस्य धिरेन्द्र तिवारी,संचारकर्मी संजय तिवारी लगायतको सहभागिता रहेको थियो ।

यसैबीच काठमाण्डौमा शुक्रबार राजसंस्था पुर्नस्थापनाको माग गर्दे आन्दोलनकारीले बिभिन्न सञ्चार गृहको भवनमा लगाएको आगोको समाचार संकलन गर्ने क्रममा एभिन्युज टेलीभिजनका क्यामरा मैन सुरेश रजकको मृत्यु भएकोमा हार्दिक श्रद्धाञ्जलि अपर्ण गरिएको छ।

उक्त घटनाको गहिरो छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गर्न महासंघ बाराले माग गरेको छ।

Leave a review

This will close in 0 seconds