वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

बालबालिकाको सर्वाङ्गिण बिकासका लागि ३ दिने तालिम सम्पन्न

बालबालिकाको सर्वाङ्गिण बिकासका लागि ३ दिने तालिम बुधवार कलैयामा सम्पन्न भएको छ ।जनजागरण युवा क्लब कलैयाको आयोजनामा भिएसओ नेपालको सहकार्यमा उक्त तालिम तालिम सम्पन्न भएको हो ।

बालबिकास सहजकर्ता र पुर्व प्राथमिक शिक्षकहरुका लागि खेल विधिद्वारा बालबालिकाको सर्वाङिण बिकास र सिकाईका लागि सो कलैयाको बरेवा दरबार होटल एण्ड ब्यान्क्विटमा संचालन गरिएको थियो।

संस्था का अध्यक्ष भैयाराम यादबको अध्यक्षतामा आयोजित समापन समारोहमा बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको प्रमुख आतिथ्यतामा उक्त तालिम समापन भएको आयोजक संस्थाले जनाएको छ ।

बालबालिका भनेका भोलि देशका लागि उज्वल भविस्य बन्ने भएकाले तालिम लिएर कार्यन्यन गरे मात्र तालिमको सार्थकता हुने प्रमुख जिल्ला अधिकारीले नेपालले बताए थिए ।

तालिममा कलैया र जीतपुरसिमरा उपमहानगरपालिकाका ५/५ वटा बिधालयका २ /२ जना गरि २० जना बालबिकास सहजकर्ता एवम पुर्व प्राथमिक शिक्षक सहभागी रहेको जनजागरण युवा क्ल्बका कोषाध्यक्ष सियाराम यादवले बताए । तालिममा सानू आमात्य र झल कार्की तथा यदुवन दहालले सहजीकरण गरेको संस्थाका कार्यक्रम ब्यवस्थापक मनोज यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!