तीन महिला सहित ५१ जनाले गरे वीरगञ्जमा रक्तदान

साझेदारी दैनिक
617 पाठक संख्या

वीरगञ्ज । सामाजिक युवा एकता क्लब वीरगञ्जले शनिबार वीरगञ्ज १२ ब्रहमचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा तीन महिला सहित ५१ जनाले रक्तदान गरेका छन्।

रक्तदान गर्नेमा चन्दादेवी,अनिता देवि कानु,प्रमिला महतो रहेका छन्। सो कार्यक्रममा डा. मृगेन्द्र कुमार सिंह,विशाल कुमार महतो,जयकिशन साह,सुजन ढुङेल,असर्फी प्रसाद चौरसिया,नवीन साह लगायतले रक्तदान गरेका हुन्।

क्लबका अध्यक्ष बिक्की महतो धानुकको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका सभापती फुलमहम्मद मियाको प्रमुख आतिथ्यतामा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

उक्त अवसरमा समाजसेवी प्रकाश उपाध्याय,नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, अतिथिहरुमा वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, राजेन्द्र भट्टराई ,विरसमशेर कुर्मी, क्लबका उपाध्यक्ष सिद्धार्थकुमार मण्डल,सचिव अमन कुमार मण्डल,सदस्यहरु संजय महतो,धानुक,चन्दन कुमार मण्डल,सचिन महतो धानुक,अनिष मण्डल लगायतको उपस्थिति थियो।

कार्यक्रमको प्रमुख अतिथिले अध्यक्ष बिक्की महतोलाई ब्लड संकलन ब्याग प्रदान गरि महतोले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरिएको हो।

क्लबका पुर्व अध्यक्ष धानुकले रक्तदान महादान जीवनदान भएको जनाउदै क्लबले प्रत्येक वर्ष २ पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको जानकारी दिए।

बढदो गर्मीले गर्दा रक्तसञ्चार केन्द्र वीरगन्जमा रगतको अभाव भएको थाहा पाएर आकस्मिक रुपमा आजको कार्यक्रमको आयोजना गरिएको बताए।

कार्यक्रममा नेपाल रक्त संचार केन्द्र वीरगन्जका प्राबिधिक धिरेन्द्र झाको नेतृत्वमा रहेको स्वयंसेवकहरुले रक्तादानमा सघाएका हुन्।

Leave a review

This will close in 0 seconds