शिक्षक मैत्री शिक्षा ऐन ल्याउनको लागि बलियो र सशक्त आन्दोलन जारी

साझेदारी दैनिक
802 पाठक संख्या

कलैया : नेपाल शिक्षक महासङ्घ बारा जिल्लाका आबद्ध–सम्बद्ध संस्थाका अध्यक्षहरुले शिक्षा ऐन ल्याउनको लागि महासंघको बलियो र सशक्त आन्दोलन जारी रहेको जनाएका छन्।

महासंघ आबद्ध संस्थाहरुले एक संयुक्त विज्ञप्ति जारी गरी यस्तो जनाएका हुन्।

संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी,नेपाल राष्ट्रिय शिक्षक संगठन बाराका अध्यक्ष बद्रीनारायण झा,एकीकृत अखिल नेपाल शिक्षक संगठन, बाराका अध्यक्ष रोशन यादव,संघीय शिक्षक फोरम नेपाल,बाराका अध्यक्ष पारस जयसवाल,राष्ट्रिय शिक्षक मञ्च,बाराका अध्यक्ष नन्दकिशोर दुवे,प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन बाराका अध्यक्ष किन्नु गुप्ता रहेका छन्।

विज्ञप्तिमा नेपाल शिक्षक महासन्ध २०११ माघ २० गते बाट निरन्तर आन्दोलनमा रहेको जनाइएको छ । यसक्रममा आन्दोलनको प्रथम चरण सम्पन्न भई दोस्रो चरण सफलता पुर्वक चलिरहेको जनाइएको छ।

विद्यालय शिक्षा,विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्ने एक पटक फेरि अझ बलियो र ठूलो आन्दोलन उठाउनु लागि २०८१ चैत्र २० गते बाट वारपारका लडाईका रूपमा काठमाण्डौँ जाने कार्यक्रम तय भएको छ।

यसर्थ बारा जिल्लाका सबै शिक्षक कर्मचारी साथीहरुलाई अनिवार्य काठमाडौं केन्द्रित सरक आन्दोलनमा सहभागी हुन भनिएको छ। शिक्षा ऐन जारी नभएसम्म सो आन्दोलनको मोर्चामा निरन्तर उत्रिन संयुक्त विज्ञप्तिमा अपिल गरिएको छ।

यो आन्दोलन अवधिमा नेपाल सरकार,प्रदेश निकाय एवम स्थानीय तह लगायतबाट राखिएका तालिम,गोष्ठी,सेमिनार तथा सार्वजनिक कार्यक्रम कार्यक्रम एवम उत्तर पुरुतिका परिक्षण तथा सम्परिक्षण जस्ता कार्यमा समेत संलग्न नहुन शिक्षक–कर्मचारी साथीहरूमा संयुक्त विज्ञप्ति मार्फत अपिल गरिएको छ।

Leave a review

This will close in 0 seconds