एसईई परिक्षालाई मर्यादित बनाउन सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईको टोलि अनुगमन गर्दै

संदिप प्रसाद यादव
279 पाठक संख्या

कलैया । बारामा एसईई परीक्षामा दोस्रो दिन नेपाली विषयको परीक्षा जारी रहेको छ। जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको नेतृत्वमा खटिएको टोलिले शुक्रबार परीक्षा केन्द्रहरुको अनुगमन गर्दै छ ।

एसईई परिक्षालाई मर्यादित बनाउन निरंतरता दिन जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मूल अनुगमन समिति रहेको छ। १३ उप अनुगमन समिति गरी १४ वटा अनुगमन समितिले जिल्लाभरका परिक्षा केन्द्रहरुमा अनुगमन गरिरहेको छ।

अनुगमनको क्रममा रहेको टोलीलाई पन्ना देवी कन्या उच्च माध्यमिक विद्यालयका केन्द्राध्यक्ष मोतिलाल यादवले परीक्षार्थीहरुको साथबाट मोबाइल डिजिटल घडी फेला नपरेको जानकारी दिए। शान्तिपूर्ण वातावरणमा परीक्षा कक्षामा परीक्षार्थीहरुले जाँच दिइरहेको उनले बताए।

सोही अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले परीक्षालाई स्वच्छ,निस्पक्ष तथा मर्यादित बनाउनका लागि प्रवेश पत्र बाहेक मोबाईल,किताब,गाईड लगायत चिट चोरीका लागि बिधार्थीले प्रयोग गर्ने सबै प्रकारका समाग्रीहरु पूर्ण रुपमा निषेध गरिएको बताएका छन्।

यो बर्ष बारामा एसईई परिक्षामा प्राविधिक र साधारण तर्फ कुल परिक्षार्थी ९ हजार ६ सय ८६ जना परीक्षार्थी सहभागी रहेका छन् ।

सोही उप–अनुगमन समिति जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डित,राष्ट्रिय अनुसन्धान बाराका प्रमुख अनुसन्धान अधिकृत रामबाबु चौधरी लगायतको टोलीमा सहभागी छन ।

Leave a review